काठमाडौं, असोज २६ – कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको भन्दै सरकारले दशैँ-तिहारमा यात्रा नगर्न सुझाव दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, “एक वर्ष दशैँ नमनाएर केही हुन्न, नत्र अहिले साढे दुई सय पालिकामा रहेको कोरोनाभाइरस सङ्क्रमण नेपालभरि फैलिनेछ।”
संस्कृतिकी जानकार तथा पुराणविद् प्रियम्वदा काफ्लेको तर्क छ “गाउँ घरमा रहेका बाबुआमा, हजुरबा, हजुरआमाले महामारीका बेला आफ्ना सन्तानसँग भेट्ने इच्छा राखे भने नि?” सुरक्षाका उपाय अपनाएर दशैँ मनाउनुपर्ने काफ्लेको सुझाव छ।
डा.जागेश्वर गौतम र प्रियम्वदा काफ्लेबीचको रोचक बहस सुन्न माथिको फोटोमा रहेको प्ले बटन थिच्नुहोस्।