काठमाडौँ, आश्विन ५ – सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् ।
यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन् ।
श्रवैकल्पिक सिकाइलाई समेत शैषिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त (दशैँअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन् ।
यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरुसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न थालेका छन् । – नागरिक दैनिक
FACEBOOK COMMENTS