काठमाडौं, असोज ६ – दशैं आउन अब करिब एक महिना पनि बाँकी छ । नेपालीलाई कोरोना महामारीका बीचमा यो वर्षको दशैं मनाउन सहज छैन । सरकारले कोरोना संक्रमण रोकथामका लागि अब लकडाउनको नीति नलिने जनाउ दिइसकेको छ । सडक र हवाई दुवै यातायात खुलेकाले दशैंमा घर पुगिएला भन्ने आशा प्रवल बनेको छ ।
महामारीकै बीच सर्वसाधारणले दशैंका बेला गर्ने यात्रालाई सुरक्षित बनाउन सरकारले के प्रबन्ध गर्छ भन्ने अहिलेसम्म तय छैन । सरकारको यातायात व्यवस्था विभाग त्यस्तो तयारीमा जुटिसकेको छैन ।
महामारीमा सार्वजनिक सवारी सञ्चालन गर्न सम्बन्धमा विभागले जारी गरेको निर्देशिका पालना भएरनभएको अनुगमन समेत भएको छैन । दशैंमा घर जाने यात्रुको चाप व्यवस्थापन गर्ने त सुरसार नै छैन । यात्रुको सम्भावित चाप, महामारीको जोखिम, सिट क्षमताको आधा मात्र यात्रु बोक्न पाउने नियम पालना भएरनभएको अनुगमन लगायतका सवाल पेचिलो बन्ने देखिएको छ ।
FACEBOOK COMMENTS