काठमाडौं, असोज १३ – विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण सरकारले चैत ११ गतेदेखि साउन पहिलो हप्तासम्म लकडाउन गर्यो । देशमा लकडाउन भएपनि कोरोनाको संक्रमण दर नरोकिएपछि र आर्थिक गतिविधिहरु ठप्प भएपछि सरकारले साउन पहिलो हप्तामा लकडाउन खोल्ने निर्णय गर्यो ।
दैनिक कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । हाल दैनिक १ हजार देखि २ हजारसम्म कोरोनाका बिरामीहरु फेला पर्न थालेका छन् । यसरी कोरोना संक्रमितको ग्राफ बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड ईन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजारभन्दा बढि सक्रिय संक्रमित भएको अवस्थामा फेरि १ महिना लकडाउन गर्न सुझाव दिएको छ ।
सो सुझावलाई आधार मान्ने हो भने दशैंको मुखमै लकडाउन हुने निश्चित छ । किनकि दैनिक १५ सयको हाराहारीमा कोरोनाका बिरामी फेला पर्न थालेपछि २५ हजार सक्रिय संक्रमित हुन धेरै दिन बाँकी छैन । हालसम्म नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १९ हजार ४ सय ९६ रहेको छ । अब यसमा २५ हजार पुग्न ५ हजार ५ सय ४ मात्र बाँकी छ ।
नेपालमा हालसम्म ७३ हजार ३ सय ९४ जनामा कोरोना देखिएको छ भने त्यसमध्ये ५३ हजार ८ सय ९८ जनालाई निको भएर घर फर्किकसेका छन् । कोरोनाकै कारण ४ सय ७७ जनाको मृत्यु भइसकेकाे छ । गत हप्ता मात्रै ९ हजार २४ जना संक्रमित थपिएका छन् । यो कोरोना संक्रमितको दर मात्र हेर्दा अबको एक हप्तामै कोरोनाका २५ हजार जना सक्रिय संक्रमित पुग्न सक्छन् ।
तर कोरोना भाइरसका बिरामीहरु बढ्दै जाँदा निको हुनेहरु पनि बढ्दै गएका छन् । गत हप्ता निको भएका र थपिएका नयाँ संक्रमितहरुको हिसाब मिलाउँदा ठ्याक्कै एक दिनमा १२ सय ८० नयाँ सक्रिय संक्रिमत थपिएको देखिएको छ । यसरी हरेक हप्ता थपिने संक्रमित र निको संक्रमित गएका हप्ता जस्तो हुने हो भने अबको ४ हप्तामा संक्रिय संक्रमितको संख्या २५ हजार कटेर जानेछ र दशैंको मुखमा पुन लकडाउन हुने निश्चित छ ।
यस वर्ष दशैं कात्तिक ७ गतेदेखि रहेको छ । यद्यपी टिका भने १० गते रहेको छ । अबको ठीक एक महिना सुरु हुने दशैंसँगै सरकारले लकडाउन गर्ने सम्भावना पनि बढ्दै गएको छ । दशैंमा अधिकांश मानिसहरु घर फर्किने भएकाले पनि यसपटक सरकारले यही पर्वलाई नै लक्षित गरेर लकडाउन गर्न खोजिएको अनुमान धेरेको छ ।
विगत ५/६ महिनादेखि ठप्प रहेको आर्थिक गतिविधि एक महिनादेखि खुलेको लकडाउनले केही सहज अर्थात सुधारन्मुख थियाे । फेरि पनि सरकारले एक महिना लकडाउन गर्यो भने पुनः आर्थिक गतिविधि ठप्प नै हुनेछ भने जनजीवन फेरि निकै कष्टकर हुनेछ ।
FACEBOOK COMMENTS