काठमाडौं, कात्तिक ४ – दशैंका मुखमा करिब २० हजार नेपाली स्वदेश फर्किएका छन् । लकडाउनपछि विदेशबाट फर्किएका नेपालीको संख्या १५ दिन अघिसम्म ९४ हजार मात्रै थियो । आइतबारसम्म यस्तो संख्या एक लाख १४ हजार १८ पुगेको छ । दशैंको टीकाको दिनसम्म स्वदेश फर्किने नेपालीहरुको संख्या २५ हजार नाघ्ने अनुमान छ ।
करिब एक लाख नेपाली प्रमुख श्रम गन्तब्यबाटै फर्किएका हुन् । मलेसियासहित खाडी मुलुकहरु र माल्दिभ्स, जापान, कोरिया, टर्की लगायतका देशबाट फर्किने अधिकांश श्रमिकहरु नै हुन् । धेरैजसोले रोजगारी गुमाएका छन् ।
सामान्य अवस्थामा प्रमुख श्रम गन्तव्य मुलुकमा कार्यरत धेरै नेपालीहरु दशैंमा घर आइपुग्न चाहन्थे । अहिले फर्किनेमा अधिकांश रोजगारी गुमाएर फर्किएका श्रमिकहरु रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव बताउँछन् ।
FACEBOOK COMMENTS