काठमाडौँ, कात्तिक ६ — हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैं लागेसँगै सहरबजार तथा कार्यथलोबाट घर फर्किनेको चाप बढ्दो छ । कोरोना महामारीका बीच पनि काठमाडौं उपत्यकाबाट घर फर्किनेको ताँती रोकिएको छैन ।
गत वर्षको तुलनामा काठमाडौं उपत्यका छाड्नेको संख्या भने कम छ । अहिले दैनिक २५ देखि ३० हजार मानिस चाडपर्व मनाउन घर फर्किने गरेका छन् ।
घर फर्किनेको ताँती टीकाको अघिल्लो दिनसम्मै कायम रहने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाल बताउँछन् । उपत्यकाबाट मात्रै होइन, अन्य जिल्ला तथा प्रमुख सहरका कार्यथलोबाट पनि घर फर्किनेको चाप बढ्दो छ ।
FACEBOOK COMMENTS