असार ३० — पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो खस्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।
पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएका छन् । मानवीय क्षति भने भएको छैन । सडक विभाग र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मोहनबहादुर खाँडले बताए ।
सडक अवरुद्ध हुँदा मालवाहक ट्रक र निजी सवारी रातिदेखि दाउन्ने डाँडामै रोकिएका छन् । प्रहरीका अनुसार बाटो खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण पहिरो थामिएको छैन । राजमार्गअन्तर्गत दाउन्ने खण्डको १५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा ससाना पहिरो खसिरहेका छन् ।
FACEBOOK COMMENTS