काठमाडौँ— दाङमा पहिलो पटक छुुर्पी उत्पादन सुरु भएको छ।
लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन सुरु गरेको हो।
संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ।
बजारमा माग धेरै भए पनि अहिले दैनिक १५ किलो मात्रै उत्पादन गरिरहेको अधिकारीले बताए।
साथै संस्थाले दुग्ध परियोजना सञ्चालन गरेको छ ।
— नागरीक
FACEBOOK COMMENTS