काठमाडौं, भदौ २१ – दाङमा भोलि अर्थात ९सोमबार० देखि बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म बजार खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सोमबारदेखि बिहान ६ बजेदेखि दिउँसो १२ सम्म बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले भदौ २८ गतेसम्म लकडाउन गर्ने र केही खुकुलो बनाउँदै सोमवारदेखि लागू हुनेगरि दिउँसो १२ बजेसम्म जोर–बिजोर नम्बर लागू गरेर निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा समितिका संयोजक गोविन्द प्रसाद रिजालले सार्वजनिक यातायातका साधनहरु भने चल्न नपाउने जानकारी दिए ।
सिडिओ रिजालकाअनुसार दिउँसो १२ बजेपछि नियमित रूपमा लकडाउन हुनेछ । ‘उपभोक्ताको सहजताका लागि बिहान ६ घन्टा बजार खोल्ने निर्णय गरेको छौं,’ प्रजिअ रिजालले भने– ‘दिउँसोदेखि पुन लकडाउन हुनेछ ।’
FACEBOOK COMMENTS