दार्चुला । दार्चुलामा नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले १८ हजार ८९९ मत प्राप्त गर्दै विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित सांसद ठगुन्नाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार राजेशसिंह सामन्तले आठ हजार ९३६ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण जोशीले तीन हजार ६५ मत प्राप्त गरे ।
जिल्लामा यसपटक प्रतिनिधिसभा सदस्यका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेकामा ४३ हजार ८६० मत खसेको थियो ।

नव निर्वाचित सांसद उम्मेदवार ठगुन्नाले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै ज्ल्लिाको विकास र जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

FACEBOOK COMMENTS