काठमाडौँ, चैत्र ९ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छन् । राजदूत यान्छीले सोमबार बिहान ९ बजे दाहाल निवास खुमलटार पुगेर भेट गरेकी हुन् ।
दाहाल निकट एक नेताले भेटको पुष्टि गर्दै समसामयिक विषयमा छलफल भएको जानकारी दिए । विगतमा तत्कालीन नेकपामा विवाद हुँदा उनको सक्रियता बढ्ने गरेको थियो । फागुन २३ गते अदालतले एमाले र माओवादीबीचको एकता बदर गरिदिएपछि राजदूत यान्छीले पहिलोपटक दाहाललाई भेटेकी हुन् ।
FACEBOOK COMMENTS