काठमाडौं, माघ १७ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेकपाको प्रचण्ड–नेपाल पक्षले निर्वाचन भाड्न आन्दोलन गरेको बताएका छन् । नेकपा दोलखा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा मन्त्री गुरुङले दाहाल–नेपालको आन्दोलनको स्वरुप निर्वाचन भाड्ने र मुलुकमा अस्थिरता फैलाउने प्रकारको रहेको बताएका हुन् ।
निर्वाचन भाड्न गरिएका प्रयास सरकारले असफल पार्ने समेत मन्त्री गुरुङले बताए । निर्वाचन आयोगले नेकपा विवादका बिषयमा कुनै टुङ्गो नलगाएपनि सूर्य चिन्ह आफुहरुको हुनेमा कुनै दुविधा नरहेको धारणा राखे ।
मुलुकलाई सहि दिशानिर्देश गर्नका लागि नै निर्वाचन घोषणा गरिएको र तोकिएको समयमा नै निर्वाचन हुने उनले बताए । कार्यक्रममा नेकपा ओली पक्षका नेता टोप बहादुर रायमाझीले मुलुक बिकास र समृद्धिको दिशातर्फ अघि बढिरहेका बेला अर्को पक्षले गरेको आन्दोलन औचित्यहिन रहेको बताए ।
FACEBOOK COMMENTS