काठमाडौं, भदौ २० । अर्थमन्त्री डा.युवराज खतिवडाले दिगो विकास लक्ष्य प्राप्तिका लागि जिम्मेवार व्यवसायमा निजी क्षेत्र मूख्य साझेदार रहेका बताएका छन् । एनबीआइले शुक्रबार राजधानीमा गरेको ‘रेस्पोसिवल विजनेश समिट’मा उनले यस्तो बताएका हुन् ।
सरकारले लिएको दीगो विकासको लक्ष्य भेट्न प्रतिवर्ष २० खर्ब लगानी गर्नुपर्ने र त्यसको ५० प्रतिशत निजी क्षेत्रले लगानी गर्नुपर्ने बताएका छन् । दीगो विकास लक्ष्यअन्तर्गतका १७ लक्ष्यहरु पूरा गर्न निजी क्षेत्रको साथ अनिवार्य भएको भन्दै उनले कुल लगानीमा निजी क्षेत्रको लगानीको हिस्सा आधा हुनुपर्ने बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले निजी क्षेत्रले उपयुक्त ज्यालादर, श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने काम, सामाजिक उत्तरदायित्वका काममा निजी क्षेत्रको सहयोग पुग्ने बताए ।
अति गरिब राष्ट्रको स्टाटसबाट मध्यम आयस्तर भएको राष्ट्रमा स्तरोन्नति हुन लागि शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा, खाद्य सुरक्षा लगायत क्षेत्रहरुमा लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
उनले भने,‘खाद्य क्षेत्रमा कृषि क्षेत्रको भुमिका महत्वपूर्ण हुन्छ । खाद्य उत्पादन, व्यापार, सुरक्षा र भण्डारण पनि निजी क्षेत्रमै पदर्छ । खाद्यलाई सुरक्षित तवरले भण्डारण गर्न सक्नुपर्छ । प्राकृतिक स्रोत, पानि,वित्तिय स्रोत र कति जिम्मेवमरी वहन गर्ने भन्ने कुरा निजी क्षेत्रको दायित्व हुनुपर्छ । ’
त्यस्तै शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा, खाद्य सुरक्षा सबैमा निजी क्षेत्रले ध्यान दिनुपर्ने उनले बताए । शिक्षामा व्यापार नगर्न र समाजले स्विकार्नै नसक्ने मुनाफा आर्जन गर्नतर्फ नलाग्न उनले आग्रह गरे ।
FACEBOOK COMMENTS