काठमाडौँ जिल्ला भित्र रहेका वस्तुगत संघ संस्थाहरु कोरोना महामारी र विगत ८१ दिन देखी लागु हुदै गरेको लकडाउन बाट निजी क्षेत्रमा उत्पन्न भएको संकटमय लाई सरकारले सम्वोधन नगरे संर्घस समेतको कार्यक्रम अघि बढाउन दिनेश श्रेष्ठको संयोज कोभिड १९ संकट व्यवस्थापन समिति गठन गरेको छ । उक्त समितिले काठमाडौँ भित्र रहेका उद्योगी व्यवसायीहरुको समस्याहरुको समाधान गर्न सम्बन्धित सरकारी निकायहरुमा क्रमवद्ध रुपमा संघर्षको कार्यक्रमहरु समेत आयोजना गर्दै जाने निर्णय जाने बताएको छ ।
समितिले उद्योग व्यवसायहरु पुन संचालनमा ल्याउदा उद्योगी व्यवसायीहरु लाई लकडाउनका कारण बन्द रहेको अवधिको बैंक साँवा तथा घर भाडा जस्ता खर्च हरु उद्योगी व्यवसायीहरुले तत्कालै भुक्तानी गर्न नसक्ने भएकोले नेपाल सरकारले उल्लेखीत खर्चहरु १ वर्षको अवधि भित्र किस्तावान्दिमा भुकतानी गर्न सकिने व्यवस्था लागु गराउनु पर्ने
कर राजस्व दाखिला गर्ने समयावधि लकडाउन खुलेको कमसेकम ३ महिनको लागी थप गर्नु पर्ने
लकडाउन अवधिको बैंक ब्याज मिनाहा हुनु पर्ने
पुनर कर्जा अन्तर्गत साना मझयौला तथा घरेलु उद्योगी व्यवसयीहारले उक्त सुविधा सहजै प्राप्त गर्न सक्ने वातावरण बनाउनु पर्ने
बन्द अवधिको कर्मचारीको तलवमा नेपाल सरकारले ३३ प्रतिशत अनुदान दिनु पर्ने, कर्मचारीले ३३ प्रतिशत र उद्योगी व्यवसायीहरु बाट ३३ प्रतिशत उपलब्ध गराउने व्यवस्था गर्ने
बैंक ब्याज को दर कम्तिमा ५ प्रतिशतले कम गर्नु पर्ने
नेपाल सरकारले लकडाउनका कारण वर्तमान अवस्था र लकडाउन खुकुलो पारे पश्च्यात सामना गर्नु पर्ने चरम आर्थिक आमस्या र संकतमय अवस्थाको सम्बोधन हुने खालको सहयोगी आर्थिक कार्यक्रमहरुको घोषणा हुनु पर्ने
नेपाल सरकारले काठमाडौँ जिल्लामा कोराना महामारी फैलन नदिन कडा स्वाथ्य सुरक्षाको व्यवस्था गर्नु पर्ने
बजारमा रहेको बाँकी वक्यौता उठाउनका लागि सरकारले विशेष सहयोग गर्नु पर्ने र छुट्टै कानुनको निर्माण गर्नु पर्ने
घर बहाल नियमित गर्न घर बहाल एन निर्माण गर्नु पर्ने
नेपाल राष्ट्र बैंकले घोषणा गरेका ब्याज छुट तथा सुविधाहरु सबै उद्योगी व्यवसायीहरुले सबै कर्जा शिर्षकमा पाउनु पर्ने
नव गठीत समितिमा दिनेश श्रेष्ठ – संयोजक
सदस्यहरु
श्री राजकुमार श्रेष्ठ ( नेपाल खुद्रा व्यापार सघ ( अध्यक्ष )
श्री राजेन्द्र शिम्खडा ( नेपाल वितरक संघ (अध्यक्ष )
श्री सदिश श्रेष्ठ (नेपाल टेलरिंग व्यवसायी महासंघ( वरिस्ठ उपाध्यक्ष)
श्री गणेश कुमार न्यौपाने ( खिचापोखरी न्युरोड व्यापार संघ (अध्यक्ष )
श्री नानी राज घिमेरे( फुट वेयर म्यानुफ्याकचर एशोसीएसन अफ नेपाल (उपाध्यक्ष )
श्री गोविन्द बराल ( मदिरा व्यवसायी संघ काठमाडौँ( अध्यक्ष )
श्री विवेक तुलाचन ( थकाली भान्छा घर संघ (अध्यक्ष )
श्री हेम स्वार ( सुरज आर्केड व्यापार संघ (अध्यक्ष )
श्री सुरेन्द्र भक्त श्रेष्ठ ( नेपाल वाईन उत्पादक संघ
श्री कमल अग्रवाल ( राष्ट्रिय व्यापार संघ (अध्यक्ष )
श्री कुमार कार्की ( नेपाल व्यापार संघ ( अध्यक्ष )
श्री रमण कायस्थ ( सर्जिकल सप्लाएर्स एशोसीएसन (अध्यक्ष )
श्री लक्ष्मी प्रशाद पौड्याल (नेपाल कस्मेटिक व्यवसायी संघ (अध्यक्ष )
FACEBOOK COMMENTS