काठमाडौं, जेट ३ । भारतको संघीय राजधानी दिल्लीमा मे २४ सम्म लकडाउन थपिएको छ । दिल्लीका मूख्यमन्त्री अविन्द केजरीवालले थप एक साता लकडाउन थपेका हुन् ।
लकडाउन गरेपछि दिल्लीमा संक्रमितको संख्या निरन्तर ओुरालो लाग्दै आएको छ । केही समय अगाडी अक्सिजनको अभावमा दैनिक एक हजारको मृत्यू हुँदै आएको थियो ।
तर, अहिले त्यो घटेर दैनिक ३०० मा आइपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । भारतमा यतिबेला कोरोनाको दोस्रो लहरका कारणले पछिल्लो २४ घन्टामा ४ हजार ९२ जनाको मृत्यू भएको छ ।
अहिलेसम्म भारतमा २ करोड ४९ लाख ६४ हजार जनालाई संक्रमण भइसकेको छ ।
FACEBOOK COMMENTS