काठमाडौं, श्रावण ३२ – रसुवाकी दीपिशा भुजेलले २०२० को जोन्टा इन्टरनेशनल यो ङ वुमन इन पब्लिक अफेयर्स अवार्ड प्राप्त गरेकी छिन् । उनलाई जोन्टा क्लब अफ काठमाडौं, डिस्ट्रिक्ट २५, एरिया २ ले छनौट गरेर पुरस्कारका लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनौटमा पठाइएको थियो । उनी जोन्टा डिस्ट्रिक्टको ३२ जना पुरस्कार प्राप्तकर्ता मध्ये एक हुन् जसले एक हजार पाँच सय अमेरिकी डलर प्राप्त गर्नेछिन् । छनौट गरिएको ३२ जना मध्ये, उनी शिर्ष १० जोन्टा इन्टरनेशनल यो ङ वुमन इन पब्लिक अफेयर्स २०२० बाट सम्मानित भएकी हुन् र पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनेछिन् । समग्रमा उनले कुल ६ हजार पाँच सय अमेरिकी डलर प्राप्त गर्नेछिन् ।
यो ङ वुमन इन पब्लिक अफेयर्स अवार्ड कार्यक्रमको लक्ष्य भनेको १६ वर्षदेखि १९ वर्षसम्मका युवा महिलाहरुलाई स्वयंमसेवी क्षेत्रतर्फ उनीहरुको प्रतिबद्धता र महिला सशक्तिकरणप्रति समर्पणलाई मान्यता दिएर सार्वजनिक मामिलामा सहभागी हुन प्रत्सोहान गर्नु हो । आवेदकहरुलाई उनीहरुको स्कुल र समुदायप्रति तिनीहरुको स्वैच्छिक प्रतिबद्धताको साथै देश र विश्वव्यापी महिला सशक्तिकरणका सिमित समस्याहरुलाई प्रतिबिम्बित गर्न भनिएको थियो । जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड कार्यक्रमले आजका युवा महिलाहरुलाई भोलिका नेताको रुपमा हेर्दछ ।
भुजेलले १४ वर्षको उमेरमा क्यानेडियन रेडक्रस इमर्जेन्सी रेस्पोन्स युनिट (ईआरयू) मा अनुवादको रुपमा काम गर्न शुरु गरिन जुन सन् २०१५ सालको भुकम्पपश्चात तैनाथ थिए र ईआरयूको साथमा अस्पताल र स्वास्थ्य शिविरमा पनि काम गरिरहेकी थिइन् । त्यतिवेला उनले खाँचोमा परेका मानिसहरुलाई सहयोग गर्ने उनको भावनालाई बुझिन जतिबेला उनका उमेरका मानिसहरु आफ्नो घरबाट बाहिर निस्कन समेत डराउथे । उनले आफ्नो स्कुलमा जुनियर रेडक्रस सर्कलको उपाध्यक्षमा काम गरेकी छिन् र जागृति बाल तथा युवा सरोकार नेपाल नामक एक गैर-सरकारी संस्थामा काम गरेकी थिइन जहाँ उनले युवा महिलाहरुलाई महिनावारी सम्बन्धी आफ्ना कथाहरु सुनाउने अवसर प्रदान गर्न अनलाइन प्ल्याटफर्मक शुरु गरिन् जसले यसमा संलग्न समस्याहरु उन्मुलन गर्न सहयोग गर्यो ।
हाल उनी नेपाल्स इभी नामक एक जर्मन अन्तर्राष्ट्रिय एक गैर-सरकारी संस्थामा शैक्षिक प्रोजेक्टमा कार्यरत छिन्, यसले दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई स्वास्थ्य समस्याका बारेमा शिक्षित गर्दछ । उनी बायोडिग्रेडेबल प्याड निर्माणमा संलग्न छिन् र उक्त परियोजनाको सबैभन्दा कान्छी सदस्य हुन् । उनी मनोविज्ञान र अंगे्रजी साहित्यमा स्नातक गरिरहेकी छिन् । यसका साथै उनी जर्मन पढिरहेकी छिन् र जर्मन भाषा अनुवादकको रुपमा काम गरिरहेकी छिन् । भुजेल महिलाहरुलाई आर्जन गर्ने गतिविधिका साथ सीपमुलक तालिम प्रदान गर्ने उद्देश्य राख्दछिन् र पुरुष केन्द्रित समाजमा महिलाहरुले आफ्ना लागि आफै बोल्न सिक्नुपर्छ र निर्णय गर्न सक्नुपर्छ भन्ने दृढ विश्वास राख्छिन् ।
FACEBOOK COMMENTS