काठमाडौँ, असोज १४ – बैंकले ग्राहकका लागि ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ अन्तरगत स्व. शर्माले ५० हजार बराबरको खाता खोलेका थिए । खाता खोलेपछि पाइने दुर्घटना बापतको उक्त बीमा रकम बुटवल उपप्रादेशिक प्रमुख राजन प्रसाद पोखरेलले शर्माकी श्रीमती सुनितादेवी शर्मालाई प्रदान गरेका हुन् ।
उक्त बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचार र दुर्घटनाबाट घाइते वा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ प्रदान गर्दै आएको बर्दघाट शाखाका प्रमुख तीलक खनालले बताए ।
खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै बैंकले अहिलेसम्म देशभर २ सय ४६ जनालाई बीमा बापतको १ करोड ९४ लाख रुपैयाँ प्रदान गरिसकेको जनाएको छ । बैंकले देशभर ३ सय ३६ शाखा कार्यालय, ४ सय ६८ एटिएम, १ सय ३ एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
FACEBOOK COMMENTS