काठमाडौँ — सांसददेखि प्रतिष्ठित व्यवसायीका नाममा रहेका दूरसञ्चार कम्पनीहरूले सरकारलाई ३ अर्बभन्दा बढी राजस्व तिरेका छैनन् ।
युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), स्मार्ट टेलिकम, सीजी कम्युनिकेसन्स लगायतका कम्पनीले ३ अर्ब १३ करोड ८ लाख ४१ हजार रुपैयाँ बक्यौता नतिरेका हुन् ।
सबैभन्दा बढी बक्यौता स्मार्ट टेलिकम प्रालिको छ ।
उसले हालसम्मको १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ बुझाएको छैन ।
त्यस्तै नेपाल स्याटेलाइट टेलिकमले ७१ करोड ५० लाख ३२ हजार ५ सय २, सीजी कम्युनिकेसन्स प्रालिले २३ करोड ४३ लाख ३७ हजार ५ सय १०, वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिले २ करोड ३५ लाख २७ हजार ५ सय ३६, ब्रोडलिंक कम्युनिकेसन्सले २५ लाख २६ हजार २ सय ६८ र अन्य दूरसञ्चार सेवा प्रदायकले २२ लाख ७३ हजार ५ सय १७ रुपैयाँ बक्यौता नबुझाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणलाई यति धेरै रकम तिर्न बाँकी भएको यूटीएललाई कारबाहीको साटो उल्टै अप्टिकल फाइबर विस्तार गर्ने परियोजना सुम्पिइएको छ ।
प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकमबाट सबै जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर बिछ्याउने योजना सारेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS