काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन्।
छनोट समितिले एक साताभित्रमा आवेदकको मूल्यांकन गरी ३ जना सिफारिस गर्ने बताएको छ ।
आवेदन दिने मध्ये दिगम्बर झा असार २० गतेको मन्त्रिपरिषद बैठकबाट हटाइएका व्यक्ति हुन्। यस्तै आनन्दराज खनाल र पुरुषोत्तम खनाल प्राधिकरणकै वरिष्ठ निर्देशक हुन्। यस्तै चन्द्रमणि चौलागाँई नेपाल दूरसञ्चार प्राधिकरणका सञ्चालक समितिका सदस्य हुन्।
यसैगरी नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य पनि प्रतिस्पर्धामा उत्रिएका छन्।
यस्तै देवनारायण यादव, रविन्द्र झा, शिवभुषण लाल, मधुसूधन कर्मचार्य , खड्ग बस्नेत, सुशील घिमिरे, अनिल झा, उज्वल प्रधानाङ्ग, भूपेन्द्र भण्डारी, रोहित रौनियार पनि प्रतिस्पर्धामा उत्रिएका छन्।
