काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा संस्थापन भिन्न पक्षबाट सभापति पदमा एक जना मात्रै उम्मेदवारी दिन नेताहरू सहमत भएका छन् तर त्यो सहमतिको उम्मेदवार को हुन्छ भन्ने यकिन भने भएको छैन ।
यदि त्यस्तो हुनसके काँग्रेसको आसन्न महाधिवेशनमा उम्मेदवार घोषणा गरिसक्नुभएका सभापति शेरबहादुर देउवा र भिन्न पक्षबीच तीव्र प्रतिस्पर्धा हुनेछ । पार्टीका नेताहरूको शुक्रबार राजधानीमा बसेको एक बैठकमा सभापतिमा एक जनाले मात्रै उम्मेदवार दिने र त्यसमा सहमति कायम गर्ने निचोडमा नेताहरू पुगेका हुन् ।
बैठकबारे जानकारी दिँदै नेत्री सुजाता कोइरालाले आफूहरूमध्येबाट सहमतिमा एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिने कुरामा सबै नेताको एक मत रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS