काठमाडौं, पुस १ – नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । उनीहरुले आज बिहान देउवा र नेपालसँग छुट्टाछुटै भेटवार्ता गरेका हुन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले ती दुवै औपचारिक भेटवार्तामा नया“ नेतृत्वले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझाव सहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराए ।
सरोकारवाला निकाय एवं विज्ञहरूको समेत व्यापक सल्लाह, परामर्शमा रिसर्च र तथ्यमा आधारित भिजन पेपर तयार गरी सरकार तथा राजनीतिक दलहरूमा पेश गर्ने कार्यक्रम रहेको अध्यक्ष गोल्छाले स्पष्ट पारे । निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।
।
महासंघसंगको भेटवार्तामा नेपाली कांग्रेसका सभापति देउवा र नेकपाका वरिष्ठ नेता नेपालले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिंँदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने विश्वास व्यक्त गरे ।
साथै दुवै जनाले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने र आउँदा दिनमा पनि निरन्तर संवाद र सहकार्यमा रहने विश्वास दिलाए । महासंघको नयाँ नेतृत्वको अगामी कार्ययोजनाबाट प्रभावित भएको पनि उनीहरुको भनाई थियो ।
FACEBOOK COMMENTS