काठमाडौं, १८ मंसिर – देशभर १० हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। बिहीबार १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमितमध्ये १० हजार २ सय ७१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ६ हजार ३ सय ४७ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १८२८, प्रदेश २ मा २३४, लुम्बिनी प्रदेशमा ६०९, सुदूरपश्चिम प्रदेशमा ६८८, गण्डकी प्रदेशमा ४७४ र कर्णाली प्रदेशमा ९१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS