काठमाडौं, चैत १० – सरकारले चैत्र ११ गते विहान ६.०० बजेदेखि १८ गते विहान ६.०० बजेसम्मका लागि अत्यावश्यक सेवामा संलग्न बाहेक कोही पनि बाहिर निश्कना नपाउने निर्णय गरेको छ ।
कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
त्यस्तै कुनै पनि सार्वजनिक यातयात पनि चलाउन नपाउने आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । यस अवधिमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका अरु सवारी साधन चलाउने नपाउने निर्णय गरिएको छ ।
FACEBOOK COMMENTS