काठमाण्डौँ — बजारमा दैनिक बिक्री वितरण भइरहेका खाद्य वस्तु गुणस्तरहीन भेटिएका छन्।
उत्पादक तथा बिक्रेताको लापर्बाहीका कारण खाने तेल, घिउ, पानी, दूध, मिठाइ, चाउचाउ, दालमोठ, पिठो, मसला लगायत खाद्य वस्तु दूषित भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
बजारमा बिक्री भइरहेका करिब १५ प्रतिशत खाद्य वस्तु गुणस्तरहीन रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिबकुमार कर्णले बताए।
‘बजारमा न्यून गुणस्तरका सामान बिक्री गर्ने एक सय १५ उद्योगविरुद्ध मुद्दा दायर गरेको कर्णले बताए ।
काठमाडौं, भक्तपुर, बारा, पर्सा, कैलाली, सर्लाही, मकवानपुर, चितवन, बाँकेलगायत जिल्लामा विभागले अनुगमन गरेको थियो।

अब देशभर अनुमगनलाई प्रभावकारी बनाउने महानिर्देशक कर्णले बताए।

— नागरीक