काठमाडौं, कार्तिक २९- हाउजिङ मार्फत ठगी गरेको आरोपमा थुनामा रहेका उद्योगपति एवं पूर्व अर्थराज्यमन्त्री रुप ज्योति रिहा हुने भएका छन्। सरकारी वकिल कार्यालयले रुप ज्योतिलाई रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्रचार गरेको छ।
जाहेरवाला विज्ञेन्द्रकृष्ण मल्लले पैसा प्राप्त गरिसकेको निवेदन दिएपछि सरकारी वकिल कार्यालयले विहीबार प्रहरीकहाँ फाइल फिर्ता पठाएको थियो। पर्याप्त प्रमाण नपुगेकाले रुप ज्योतिविरुद्ध मुद्दा चलाउन नमिल्ने भएपछि सरकारी वकीलको कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेको हो ।
अब उनलाई हाजिरी जवानीमा छाडिने भएको छ ।उनीसँगै छोरी सुरुचि पनि थुनामुक्त हुने भएकी छिन् ।
FACEBOOK COMMENTS