काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय दैलेखका ११ कर्मचारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सिड किट्स वितरणमा अनियमितता गरेको अभियोगमा तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नरहरि घिमिरे, चार शाखा अधिकृतसहितका ११ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।
कर्मचारी र ठेकेदारको मिलेमतोमा सिड किट्स खरिद नै नगरी खरिद र ढुवानी गरेको नक्कली बिल भर्पाई बनाई रकम भुक्तानी गरेको देखाएर भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर भएसँगै प्रमुख कृषि अधिकृतसहित १२ जना कर्मचारी निलम्बित भएका छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS