काठमाण्डौँ — झोलामा खोला बोकेर काम नगर्ने दोलखाका १० वटा खोलाको इजाजत विद्युत् विकास विभागले खारेज गरेको छ।
सर्वेक्षण अनुमति (इजाजत) लिएर समयमा काम नगर्ने दोलखाका १० खोलाको इजाजत विभागले खारेज गरेको हो।
विभागले खारेजीको सूचीमा राखेको १ सय ५४ वटामध्ये दोलखा जिल्लाका मात्र १० वटा परेका छन्।
समयमा काम नगर्ने, विभागलाई प्रतिवेदन नबुझाउने र बढेको नवीकरण दस्तुरसमेत नबुझाउने आयोजनाको इजाजत खारेज गरिएको हो।
इजाजत खारेजीको सूचीमा एक सय किलोवाटदेखि एक हजार किलोवाटसम्मका आयोजना छन्।
१० वटाको इजाजत खारेज गर्दा ७ मेगावाट पाँच सय ८२ किलोवाट क्षमताका आयोजना अनिश्चित बनेका छन्।
अध्ययनका क्रममा एक अर्काबीच जुधेपछि सम्भाव्यता अध्ययन नगरी प्रवद्र्धकले काम गर्न छाडेको पाइएको छ।
आयोजना सर्वेक्षणका लागि सुरुमा २ वर्ष र पटक–पटक गरेर ५ वर्षसम्म इजाजतको म्याद थप्न पाउने व्यवस्था छ।
खारेजीमा परेका अधिकांश आयोजना २०५० वैशाखदेखि २०७० चैत मसान्तसम्म सर्वेक्षण अनुमति लिएका छन्।
— अन्नपुर्ण
FACEBOOK COMMENTS