काठमाण्डौँ — नेपालको एक सय एक पर्यटकीय गन्तव्यमध्ये दोलखाको शैलुङमा पर्यटन प्रवद्र्धनका लागि फुट ट्रेलको निर्माण सुरु गरिएको छ ।
पर्यटन विभागको एक करोड १० लाखको लागतमा फुट ट्रेलको निर्माण सुरु गरिएको हो ।
नयाँ गन्तव्यमा पूर्वाधार पु¥याउने सरकारको लक्ष्यका साथै गाउँपालिकाको लगातारको अनुरोध पछि पर्यटन विभागले फुट ट्रेल निर्माण सुरु गरेको हो ।
सरकारले पछिल्लो समय थप गरेको पर्यटकीय गन्तव्यमा परेको शैलुङ क्षेत्रमा पुग्ने पर्यटकका लागि नयाँ अनुभव गराउन विभागले एक करोड १० लाख बजेट निकासा गरेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए ।
शैलुङ गाउँपालिका ७, को कालापानीदेखि डाँफेढुंगासम्म दुई किलोमिटर दूरीको फुट ट्रेल निर्माण भइरहेको हो ।

— अन्नपुर्ण
