काठमाडौँ — भारतीय राजदूतावास र क्लक बि बिजनेस इन्नोभेसनको सहकार्यमा ‘कनेक्टृइन, इन्टरनेसनल एन्टरप्रेनियरशिप कन्क्लेभ’को दोस्रो संस्करण शनिबार हुने भएको छ ।
गतबर्ष चैत्र १० गते, ‘कनेक्टृइन’को पहिलो संस्करणमा दुई देशका उद्यमी समुदायहरुको बीचमा नयाँ र अभिनव विचारहरूको आदानप्रदानको लागि ४०० स्टार्टअप, उद्यमी, लगानीकर्ता, इच्छुक युवाहरू, विशेषज्ञहरू, भारतीय र नेपाली सरकारी अधिकारी र मिडियाको सहभागितामा आयोजना गरिएको थियो ।
यस सम्मेलनमा नेपाल र भारतका भिन्नभिन्न स्टार्टअपहरू, उद्यमीहरू, लगानीकर्ता, मार्केटर्स, वकीलहरू, लेखा परीक्षक, सरकार, विश्व विद्यालयहरू र कलेजहरू, कर्पोरेट, इनक्यूबेटर, व्यापार उत्साहीहरुबिच सम्बन्ध बढाउने, र छलफल गर्दे आफनो अनुभव आदनप्रदान हुने आयोजकले बताएका छन् ।
भारतीय राजदूतावासका दोस्रो वाणिज्य सचिव कपिध्वज प्रताप सिंहले युवाउद्यमीहरु, लगानीकर्ता, त्यसैगरि विशिष्ठ उद्यमीको यात्राबाट सिक्ने, र भारत र नेपालका उद्यमीहरुबीच नेटवर्क बढाउन सकिने जानकारी दिए ।
— कारोबार
FACEBOOK COMMENTS