काठमाडौं, वैशाख २५ । कोरोना भाइरसको दोस्रो लहर फैलिएको समयमा ५२ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । अध्यागमन विभागका अनुसार वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या दोस्रो लहर फैलिएपछि अप्रिल महिनाको हो ।
ती नेपाली युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न देशमा श्रम गर्न गएका हुन् । जानेहरुमा ४२ हजार ९०१ जना पुरुष र ८ हजार ८७१ जना महिला विदेशिएका छन्। नेपाली युवाहरु खाडी मुलुक, मलेसिया, कोरिया लगायतका देशमा रोजगारीका लागि जाने गर्छन् ।
रोजगारी बाहेक नेपालीहरु अष्ट्रेलिया र युरोपका विभिन्न मुलुकमा बसोबास गर्दै आइरहेका छन् ।
कोरोना महामारीको समयमा पनि युवाहरु वैदेशिक रोजगारीमा जानेको संख्या नघटेको हो । खासगरी, महामारीको समयमा विदेशबाट आउने रेमिट्यान्स पनि घटेको छैन ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनसार यो वर्षमा अहिलेसम्म ६ खर्बभन्दा बढी रेमिट्या भित्रिएको छ । जुन, अघिल्लो वर्षको यही अवधिमा भित्रिएको रेमिट्यान्सको तुलनामा बढी हो ।
यसैगरी, सोही अवधिमा विदेशबाट ५८ हजार ४४९ जना नेपाली स्वदेश फर्किएका छन् ।
FACEBOOK COMMENTS