काठमाण्डौँ — काठमाडौंमा दोस्रो साना किसान सम्मेलन फागुन १६ र १७ गते हुने भएको छ।
‘साना किसानको संमृद्विः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ सम्मेलन हुन लागेको हो।
साना किसान विकास लघुवित्त वित्तीय संस्था, नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान सहकारी संस्थाको आयोजनामा हुने सम्मेलनको तयारी पूरा भएको जनाइएको छ ।
सम्मेलनमा देशभरका करिब एकहजार साना किसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीतिनिर्माता गरी एक हजार दुई सय जनाको सहभागिता रहने आयोजकले जनाएका छ्।
सम्मेलनमा १४ सत्रमा प्रस्तुत हुने २८ वटा कार्यपत्र तथा दशौं भिडियो एवं अनुभव केन्द्रित हुनेछन्।
सम्मेलनपश्चात घोषणापत्र जारी हुने छ।
FACEBOOK COMMENTS