काठमाडौं, १७ माघ – धनगढीमा शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको आमसभा हुँदै छ। सभामा सहभागी हुन दुवै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल धनगढी पुगेका छन्।
दुवै अध्यक्षलाई मुख्मन्त्री त्रिलोचन भट्टले विमानस्थलमा स्वागत गरेका छन्। माधवकुमार नेपाल शुक्रबार बेलुका धनगढी पुगेका थिए। पुष्पकमल दहाल ‘प्रचण्ड’ शनिबार बिहान धनगढी पुगेका छन्।
सभा दिउँसो १ बजेदेखि धनगढीको खुलामञ्चमा सभा हुँदै छ। सभाको लागि धनगढीमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ। सभामा सहभागी हुन गाउँगाउँबाट मानिसहरु आउन सुरु भइसकेको छ।
FACEBOOK COMMENTS