काठमाण्डौँ — कामना सेवा विकास बैंकले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा ६८ औं शाखा कार्यालय स्थापना गरेको छ ।
बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले व्यापार विस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए ।
बैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालन ल्याउने योजना समेत बताएको छ ।
हालसम्म संस्थाले ६८ वटा शाखा तथा २० वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS