अन्जनराज न्यौपाने
तनहुँ ३ पौष -सवारीसाधन चालक अनुमतीपत्र (लाईसन) विना शैक्षिक भ्रमणकालागि सवारी चलाएका चालक दिपु विक विहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा परेका छन्। धनुषा जिल्ला छिरेश्वर नगरपालिका -५ बाट लुम्बिनी भ्रमण गरि पोखरा हुदै गोर्खाको मनकामना मन्दिर दर्शनका लागि आएका विद्यार्थी बोकर गुडेको बा ४ ख ९३२० नम्बरको प्रगती शिशु सदन माध्यमिक विद्यालयको विद्यार्थी बोक्ने बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिईएको हो । जिल्लाको सदरमुकाम दमौलीमा ट्राफिक प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा सवारी चालक विकसंग सवारीसाधन अनुमती पत्र नभएको भेटिए पछि नियन्त्रणमा लिएको हो।
शैक्षिक भ्रमणको याम चलिरहेका बेला सवारीसाधन सिट क्षमता भन्दा बढि विद्यार्थी बोक्ने , मादकपदार्थ सेवन गरि सवारीसाधन चलाउदा दुर्घटना बढि हुने देखिएपछि दुर्घटना न्युनिकरण र अकालमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले २४ घण्टे सवारी सुरक्षा र चेकजाँच शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले बताए । प्रमुख अधिकारीका अनुसार पृथ्वीराजमार्ग स्थित ब्यास-५ चापाघाट कृण्णदल गण ब्यारेक नजिकै नियमित चेकजाँच गर्ने क्रममा उक्त स्कुल बसमा सवार ३९ जना विद्यार्थी सहितको बस नियन्त्रणमा लिईएको थियोे ।
बस नियन्त्रणमा लिए पश्चात् ३९ जना विद्यार्थी सहित सवारीसाधन चालक र अभिभावकहरुलाई ट्राफिक नियम, सडक दुर्घटना न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा जिल्ला ट्राफिक प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले २५ मिनेटको सहजीकरण गरेका थिए। सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर ट्राफिक ऐन नियमावली अन्तरगतको प्रक्रिया शुरु गरेको छ भने उक्त विद्यालयको भ्रमणलाई निरन्तरता दिन सवारी चालक अनुमती पत्र प्राप्त गरेको सवारी चालकलाई धनुषा जिल्लामा रहेको प्रगती शिशु सदन माध्यमिक विद्यालयमा विद्यार्थी पुराउने जिम्मेवारी दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले ओभर स्पिड गरि सवारी चलाउने कार, ट्याक्सी , जीप, मोटरसाइकल ,भ्यान्, ट्रक, टिप्पर र मोटरसाइकल मोडिफाई गरि सवार गर्नै ,सवारीसाधन बस, जीप, पिकप भ्यान, सवारीसाधनमा पछाडि ,छतमा झुन्डिएर सवार गर्न अनुमति दिने, मादक पदार्थ सेवनगरि सवारी साधन चलाउने, क्षमता भन्दा बढि यात्रु राखी सवार गर्ने , मोटरसाइकलमा दुईजना भन्दा बढि चढेर सवार गर्ने ,विलबुक, लाईसेन्स नलिई हिड्ने उपर जरिवाना सहितको कडाइका साथ कार्वाही गरिएको जनाएको छ।
FACEBOOK COMMENTS