काठमाडौँ, असोज १४ – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १ जना संक्रमितको मृत्यु भएको छ। राजविराज– ४ सप्तरीका ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्त डा निदेश सापकोटाले जानकारी दिए।
उनका अनुसार ती पुरुषलाई असोज ९ गते कोरोना पृष्टि भएको थियो। ज्वरो, खोकी, श्वासप्रस्वासमा कठिन हुने समस्या देखिएपछि उनलाई असोज १० गते अस्पतालमा भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो।
उनी उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका बिरामी थिए।
FACEBOOK COMMENTS