काठमाडौं, असोज १९ – सुनसरीको धरान उपमहानगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपमहानगरपालिका-१५ का ५५ वर्षीय पुरुषको आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ। प्रतिष्ठानमा उपचाररत संक्रमितमा मिर्गौलासम्बन्धी समस्या र उच्च रक्तचाप रहेको थियो।
कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा १६ गते संक्रमण पुष्टि भइ सोही दिन कोभिड उपचार केन्द्रमा भर्ना भएको अस्पतालका सह-प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए। यो सँगै प्रतिष्ठानमा ज्यान गुमाउने संक्रमितको संख्या ४० पुगेको छ।
FACEBOOK COMMENTS