काठमाण्डौँ — धादिङको महादेवस्थानस्थित ताल्ती खोलामा चिनियाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ ।
चारैतिर विपन्न चेपाङ बस्ती रहेको ताल्तीमा ९४ जनाको ४ सय रोपनी जग्गा खरिद गरी उद्योग सञ्चालनमा ल्याउने तयारी भएको हो ।
बेनीघाट रोराङ २ ताल्ती खोलामा हुआसिन सिमेन्ट उद्योगको सभामुख कुष्णबहादुर महारादले शुक्रबार शिलान्यास गरेका छन् ।
उनले सन् २०१८ मा नेपाल सरकारले चीनसँग गरेको ‘वान वेल्ट वान रोड’ सम्झौताअनुरुप नै यो ठुलो उद्योग सञ्चालनमा आउन लागेको बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS