काठमाडौं, वैशाख १२ – नेपाल टेलिकमले धादिङमा फाइबर नेटवर्कमा आधारित सिस्टम सञ्चालनमा ल्याएको छ । शुक्रबार धादिङ स्थित नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले कपरलेस नेटवर्क सुरुवात गरेका हुन् ।
यससँगै धादिङमा अप्टिकल फाइबरमार्फत टेलिकमले कपरलेस प्रविधि संचालनमा ल्याएको छ । प्रबन्ध निर्देशक अधिकारीले दुर्गम गाउँदेखि सहर सबै ठाउँमा कम्पनीले लगानी बढाउँदै लगेको बताए ।नयाँ भवनबाट सेवा सुरु गरेको टेलिकमले सदरमुकाम धादिङबेसीसहित जिल्लाभर फाइबर नेटवर्क विस्तार गर्ने काम भइरहेको जनाएको छ । नेपाल टेलिकम जिल्ला शाखा धादिङका प्रमुख श्याममणि अर्याल कम्पनीको सेवा अप्टिकल फाइबरमा गएपछि त्यसैबाट गुणस्तरीय इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा लिन सकिने बताए ।
यस अघि धादिङ टेलिकम भाडाको घरबाट सञ्चालनमा रहेको थियो । यद्यपी २०७१ साल बैशाखमा निर्माण सम्पन्न हुनुपर्ने कार्यालय भवन ७ वर्षपछि मात्रै सम्पन्न भएको हो । जसका लागि एक करोड ९६ लाख ४६ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
FACEBOOK COMMENTS