साउन ६ – पहिरोमा परेर धादिङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मध्यराति आएको पहिरोले घर पुरिएर त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँडको मृत्यु भएको छ ।
केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षा भइरहेको छ भने बर्षाका कारण आएको बाढि पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्याएको छ ।
FACEBOOK COMMENTS