काठमाडौं, असार ३ – सरकारले यो बर्षकालागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
कृषि मन्त्रालयको सिफारिस र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको प्रस्तावमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले धानको समर्थन मूल्य तोकिएको जनाइएको छ।
यस वर्षका लागि मध्यम धानको मुल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २ हजार ७ सय ३५ तोकिएको छ।
हरेक बर्ष धानको मुल्यमा व्यापारिले मनपरि रुपमा कायम गर्दा कृषकहरु मर्कामा पदैृं आइरहेका थिए । यो बर्ष भने बाली लगाउनु पूर्व नै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले धानको मूल्य प्रस्तावित गरेका हुन् ।
FACEBOOK COMMENTS