काठमाण्डौँ – सरकारले चालू आर्थिक वर्षका लागि धान खरिद गर्न राष्ट्रिय समर्थन मूल्यमा सहमति जुटाएको छ ।
दशकदेखि बर्सेनि तोकिने बताउँदै आए पनि पहिलोपटक सरोकारवाला मन्त्रालयबीच समर्थन मूल्य तोक्ने विषयमा सहमति भएको हो ।
मंगलबार बसेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयका मन्त्री, सचिव तथा विभागीय प्रमुखहरूको वैठकले यस्तो निर्याय गरेको हो ।
मोटा चामलको प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य २ हजार ३ सय ३१ रुपैया २५ पैसा र मध्यम चामलको २ हजार ४ सय ६० रुपैया ५० पैसा समर्थन मूल्य सिफारिस गर्ने निर्णय गरको छ ।
सिफारिस गरिएको मूल्य मन्त्रिपरिषद्मा निर्णयार्थ पेस गरिने छ भने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै समर्थन मूल्य लागू हुने कृषि सचिव डा. युवकध्वज जिसीले बताए ।
– कारोबार
FACEBOOK COMMENTS