काठमाडौ, कात्तिक १३ – जनकपुरको धान खेतमा फालिएको अवस्थामा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर वितरणका लागि पठाइएको करिब ३ सय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको यातायात व्यवस्था कार्यालय, जनकपुरका निमित्त कार्यालय प्रमुख वीरेन्द्र साहले जानकारी दिए।
‘कार्यालयको पर्खालको पछाडि धान खेत छ। हिजो ३ बजे खेतमा काम गरिरहेका खेतालाहरूले लाइसेन्स भेटेर कार्यालयमा बुझाउनुभयो। हामीलाई पनि यसबारे जानकारी भएन। यो घटना कसरी भयो भन्ने अनुसन्धान गरिरहेका छौं,’ उनले भने।
कार्यालयको ताला नफुटेकाले पनि यो घटना रहस्यमयी भएको उनको भनाइ छ।
‘हाम्रै कर्मचारीको कमजोरी पनि हुनसक्छ। यो विषयमा हामी गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौं,’ साहले भने।
FACEBOOK COMMENTS