काठमाण्डौँ — धितोपत्र बजारमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ ।
सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो ।
सो कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद बिक्री शुरु हुने स्टकले जनाएको छ ।
यसै साता जोशी हाइड्रोपावर लिमिटेडको पनि ३७ लाख १४ हजार कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ ।
स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर पनि यसै साता स्टकमा सूचीकृत भए ।
स्वदेशी लघुवित्तको ११ लाख ५० हजार र नागबेलीको सात लाख ६६ हजार ५३१ कित्ता शेयर सूचीकृत भएका छन् ।
धितोपत्र बजारमा यस साता १० दशमलव शून्य पाँच बिन्दुले कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ ।
यस्तै बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ ।
दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक, तेस्रोमा नबील बैंक रहेको छ ।
यस्तै स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र एनएमबी बैंक क्रमशः रहेका छन् ।
शेयर सङ्ख्या कारोवारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
FACEBOOK COMMENTS