काठमाण्डौँ — धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार एनसिसि बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद शेयर सूचीकृत भएका छन् ।
यस्तै जानकी फाइनान्स लिमिटेडको आठ लाख ८७ हजार ४६६ कित्ता शेयर लाभांश, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।
स्टकका अनुसार बेस्टर्न डेभलपमेन्ट बैंकको सात लाख ४७ हजार ५६१ कित्ता शेयर लाभांश र मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।
FACEBOOK COMMENTS