काठमाडौं । नेपाल धितोपत्र बोर्डको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । शुक्रबार अधिवक्ता रविन बोहजुले अदालतमा ४ वटा सरकारी निकायलाइ विपक्षी बनाएर रिट दायर भएको छ । बोहजुका अनुसार रिटमा बोर्डले असार १ गते अस्वभाविक मूल्य बढाएको भनिएका ५१ वटा कम्पनीको सुचीसहितको विज्ञप्ति बदर गर्न माग गरिएको छ ।
यसले आम लगानीकर्तालाई आतंकित बनाएको भनेर त्यसको बदर गर्न माग गरेको उहाँको भनाई छ । बोडएले सार्वजनिक गरेको रिट निवेदन बोर्डले ५१ वटा कम्पनी जोखिमयुक्त छ भनेर विज्ञप्ति निकाल्नु कानुन सम्मत नभएकोले उहाँको भनाई छ । बोर्डले आम लगानीकर्ताको हितमा काम गर्नु राम्रो भएको र विज्ञप्तिमा पनि माथी त्यही अनुुसारको र विज्ञप्तिमा अन्तिममा कानून विपरित कुरा उल्लेख भएको भन्दै त्यसलाई खारेज गर्न माग दाबी गरेको अर्थतन्त्रलाई बोहजुले बताउनु भयो ।
बोर्डले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ, इन्साइडर टे«डिङ भएको भनिएपनि त्यसको कुनै मापन गर्ने विधि नभएको भन्दै त्यसमा उपयुक्त आज्ञा आदेश जारी गरिपाँउ भनिएको छ । रिट निवेदनमा लगानीकर्तालाई भयवित हुने कुनै पनि काम नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ । रिट निवेदनमा धितोपत्र बोर्ड, कानून मन्त्रालय, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई विपक्षि बनाइएको छ । उहाँका अनुसार यसको पेशी १० गते चढने छ ।
FACEBOOK COMMENTS