काठमाडौं, २५ कार्तिक – धुम्रपान गर्ने मानिसको स्वास्थ्यमा मात्रै होइन अब व्यक्तिको बचतमा पनि असर हुने भएको छ । भारतीय जिवन बीमा कम्पनीहरुले अब चुरोट पिउनेले बीमा गरेमा उनीहरुले तिर्ने प्रिमियम अन्यको भन्दा बढी लिने भएका छन् । भारतमा १२ प्रतिशत धुम्रपान गर्ने मानिसहरु रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । विश्वभरी एक करोड मानिस प्रत्यक वर्ष मृत्यु हुने गरेको छ ।
धुम्रपान गर्ने व्यक्तिको फोक्सोको रोग, व्लड पे्रसर लगायतका रोग बढी लाग्ने भएकाले भारतीय इन्स्योरेन्स कम्पनीले लिन प्रिमियममा अन्यको भन्दा बढी लिने जनाएका छन् । बढी जोखिम क्षेत्रमा काम गर्ने अन्य कर्मचारीहरुले पनि बढी प्रिमियम तिर्न पर्ने हुन्छ । अब जोमिखको सूचीमा धुम्रपान गर्ने व्यक्ति पनि थपिएको छ ।
भारतका इन्स्योरेन्स कम्पनीले धुम्रपान गर्ने व्यक्तिले ७० देखि ८० प्रतिशतसम्म प्रिमियम तिर्न पर्ने हुनसक्छ । यदि इन्स्योरेन्स गरिसकेपछि धुम्रपान गर्न थालेकाले पनि आफ्नो इन्स्योरेन्स कम्पनीलाई आफ्नो परिवर्तिन बानी जानकारी गराउन पर्ने हुन्छ । यदि जानकारी गराइएन र कुनै कारण विरामी वा अन्य घटना भएमा बीमा कम्पनीले उक्त इन्स्योरेन्सको दावी नदिन सक्छ ।
FACEBOOK COMMENTS