काठमाडौं– सातौं राष्ट्रिय कर दिवसका अवसरमा सरकारले धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। क्षेत्रगत आधारमा गरिको वर्गीकरणअनुसार सबैभन्दा धेरै कर तिर्नेलाई सम्मान गरिएको हो।
सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने उद्योगी सिद्धार्थ राणालाई सरकारले सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले तयार गरेको सूचीअनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने संस्थालाई सम्मान गरिएको छ।
विभागले हरेक वर्ष धेरै कर तिर्ने करदतालाई सम्मान गर्दै आएको छ। अर्थमन्त्री डा। युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका छन्।
विभागले उत्कृष्ट काम गर्ने कर्मचारी तथा विभिन्न प्रतिस्पर्धामा अब्बल ठहरिकालाई पनि सम्मान गरेको छ।
आन्तरिक राजस्व विभागका अनुसार सबैभन्दा बढी आयकर तिर्ने सूर्य नेपाल सम्मानित भएको छ।

निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाललाई सम्मान गरिएको छ।

उद्योगतर्फ हिमालपावर उत्कृष्ट करदाता भएको छ । त्यस्तै कृषितर्फ उत्कृष्ट आयकरदाता प्रो बायोटिक कम्पनी निम्बस ठहरियो ।

यसैगरी सहकारीतर्फ छिमेकी लघुवित्तले सबैभन्दा धेरै आयकर बुझाउँदै सम्मान पाएको छ । बैंकतर्फ नबिल बैंक पनि उत्कृष्ट आय करदाताको रुपमा सम्मानित भएका छन् ।
स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वाषिर्क ४० करोडको कारोबार गर्नेबाट नेपाल इन्भेक्ष्टमेन्ट प्रालि र ४० देखि ८० करोड कारोबार गर्नेबाट धितोपत्र बोर्ड सम्मानित भएका छन् ।
वीमातर्फ नेपाल पुनर्बिमा कम्पनीले बढी आय कर तिरेको छ भने सूचना प्रविधिमा एफ वान सफ्ट सम्मानित भएको छ । पर्यटनतर्फ तारागाउँ रेजेन्सी होटल -ह्यात) ले सबैभन्दा बढी आय कार तिरेको छ ।