काठमाडौं- लघुवित्त संघसंस्थाहरुलेव्याजदर उच्च लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलिले आपत्ति जनाएका छन् ।
दोस्रो राष्ट्रिय लधुवित्त सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले लघुवित्त तथा संघसंस्थाहरुले गाउँका मानिसहरुलाई महंगो व्याजदरमा ऋण दिने गरेको बताएका हुन ।
‘यसरी ऋण दिँदा लघुवित्तलाई चक्रपथभित्र, शहरी क्षेत्रमा, बाटोघाटो पुगको ठाउँमा पनि १८ प्रतिशत र विकट गाउँका मानिसहरुलाई पनि १८ प्रतिशत ब्याज लिन पाईनेछैन ।’, उनले भने, ‘अव यसरी ऋण लिएमा सरकारलाई मान्य हुनेछैन ।’
कार्यक्रममा बोल्दै यसरी विकसित क्षेत्रमा पनि धेरै ब्याजदरमा ऋण दिने लघुवित्तलाई खारेज गर्न सक्ने बताएका छन् ।
FACEBOOK COMMENTS