काठमाडौं, पुस १५ – एकै कक्षामा अध्ययनरत दुई बालकहरु मिलेर आफूलाई पढाउने शिक्षकको घरको वाईफाई नै काटिदिएका छन् ।
आफूलाई शिक्षकले धेरै होमवर्क दिएको भन्दै उनीहरुले शिक्षकको घर गई वाईफाई काटिदिएका हुन् ।
अल्बासेट, स्पेनका ति दुई बालकले शिक्षकको ठेगाना पत्ता लगाएर बाटोमा कोइ नहुने मौकाको फाइदा उठाउँदै वाईफाई काटिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । तर, विद्यार्थीहरुको सबै दृश्य शिक्षकले झ्यालमा बसेर विद्यार्थीहरूलाई हेरिरहेका थिए ।
आफूले संयोगले हेर्दा विद्यार्थीले वाईफाई काटिरहेका थिए, मलाई उनीहरूले के गर्न लागेका हुन् भन्ने थाहा थिएन तर, पक्कै पनि यो राम्रो कुरा थिएन,” शिक्षकले स्थानीय पुलिससँग भनेका थिए ।
उनीहरूका बाबुआमा आएपछि, बच्चाहरूले धेरै होमवर्क दिएका कारण इन्टरनेट काटेको स्वीकार गरेका छन् ।
आमाबुवाले बच्चाहरूले गरेको क्षतिलाई सच्याउने वाचा गरेका छन् ।
FACEBOOK COMMENTS