काठमाडौं, २१ कात्तिक – धौलागिरि अस्पताल बागलुङमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्ने नेपाल सरकारको निर्णय चार महिनापछि कार्यान्वयनमा आउन थालेको छ । नेपाल सरकारले गत असार १२ गते धौलागिरी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को पिसीआर नमूना परीक्षणको अनुमति दिएपनि बजेटको अभावमा पिसीआर मेसिन खरिद गर्न सकिएको थिएन ।
दुई महिनाअघि मात्र पिसीआर मेसिन खरिद गर्नका लागि सरकारले अस्पताललाई रु।एक करोड पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरिद प्रक्रियामा जान सकेको थिएन । पछि प्रयोगशाला व्यवस्थापनका लागि थप रु ४० लाख बजेट विनियोजन भएपछि अस्पतालले पिसीआर मेसिन खरिद तथा प्रयोगशाला व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको हो ।
FACEBOOK COMMENTS